नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

धरानमा १७ वर्षीया किशोरीद्वारा आ*त्म*हत्या, पारिवारिक व्यवहारप्रति प्रश्न

धरान — धरान उपमहानगरपालिका वडा नम्बर–३ पुरानो बजारमा १७ वर्षीया किशोरी काजल कल्वारले सोमबार आत्महत्या गरेकी छन्। कलेजबाट ढिलो घर फर्किएपछि बाबुले गाली गर्दै मोबाइल फोन खोसिदिँदा उत्पन्न भावनात्मक तनावका कारण उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


इलाका प्रहरी कार्यालय धरानका डिएसपी विष्णु बाबु राईका अनुसार किशोरावस्थाको भावनात्मक संवेदनशीलता र पारिवारिक संवादको अभावले घटना हुन पुगेको देखिन्छ। घटनापछि प्रहरीले मुचुल्का उठाई शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाएको छ।


यस घटनाले किशोर–किशोरीसँग अभिभावकको व्यवहार, संवाद र सहानुभूतिको आवश्यकता झनै गम्भीर रूपमा उठाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज