नेभिगेशन
Dashain Banner
Dashain Banner
कला/मनोरञ्जन

पहिलो नेपाली भाषी इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन

पहिलो नेपाली इन्डियन आइडल विजेता, गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ। उनको दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट निधन भएको हो।

तामाङकी तीन वर्षीया छोरी छिन्। उनकी श्रीमती एयरहोस्टेस रहेकाले घर–परिवारको जिम्मेवारी उनीमाथि थियो। धेरै कार्यक्रम तथा अफर आए पनि परिवारलाई समय दिन रुचाउने तामाङले छोरीसँग बिताउने क्षणलाई जीवनको सबैभन्दा ठूलो खुशी मान्थे।

कोरोना महामारीको समयमा आमासँगको बिछोड र अन्तिम समयमा भेट्न नपाउनु उनको जीवनको सबैभन्दा ठूलो पीडा रहेको बताइन्छ। कलाकार राजेश घतानीले परिवारप्रतिको उनको लगाव अद्भुत रहेको भन्दै छोटो जीवनमै प्रशान्तले गहिरो छाप छोडेर गएको प्रतिक्रिया दिएका छन्। स्व. प्रशान्त तामाङप्रति हार्दिक श्रद्धाञ्जली, उनको आत्माको चिरशान्तिको कामना।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/मनोरञ्जन