नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

जन्मोत्सवमा एल.के. विहानीद्वारा बाल विकास केन्द्रलाई सहयोग

जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन्। कोहीले महँगो होटलमा पार्टी गर्छन् भने कोही सामाजिक कार्यमार्फत आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउँछन्। धरानका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व लक्ष्मीकान्त विहानी (एल.के.) ले यस वर्ष पनि फरक र प्रशंसनीय ढंगले आफ्नो जन्मोत्सव मनाएका छन्।


विहानीले आफ्नो जन्मदिन धरान–१५ काठेपुल नजिक अवस्थित सिलाम साक्मा बाल विकास केन्द्र का नानीहरूसँग मनाउँदै केन्द्रका लागि विभिन्न सामग्री सहयोग गरेका छन्। उनले बाल विकास केन्द्रका लागि खाद्यान्न, काठका चारवटा कुर्सी, पुस्तक राख्ने ¥याक एक थान, किचनका लागि टेबल एक थान, पानी फिल्टरलगायत करिब ३० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेका हुन्।


यस अवसरमा विहानीले विगत वर्षदेखि नै जन्मदिनको अवसरमा सामाजिक सहयोग गर्दै आएको बताउँदै यसपटक बाल विकास केन्द्रलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिए। उनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रममा बाल विकास केन्द्रका संरक्षक तथा शिवगंगा टोल विकास संस्थाका अध्यक्ष रत्नकुमार नेम्वाङले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै सबैको सानो–सानो सहयोगले केन्द्रलाई समृद्ध बनाउन सकिने बताए। साथै उनले अन्य सहयोगी दाताहरूलाई पनि केन्द्रप्रति सहयोग गर्न आग्रह गरे।


यसै शैक्षिक सत्रबाट सञ्चालनमा आएको उक्त बाल विकास केन्द्रमा हाल २५ जना नानीहरू अध्ययनरत छन्। केन्द्रका अर्का संरक्षक गंगाराम राईले पनि सहयोगी मनहरूलाई केन्द्रको शैक्षिक तथा भौतिक विकासमा हातेमालो गर्न अपिल गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज