नेभिगेशन
धरान विशेष

धरान वितरक संघको नेतृत्वमा विजय मानन्धर

धरान । धरान वितरक संघले आगामी २०८२ देखि २०८५ सम्मको कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। हालै सम्पन्न संघको अधिवेशनबाट विजय मानन्धर अध्यक्षमा निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिमा उपाध्यक्षका रूपमा रामबहादुर श्रेष्ठ र विक्रम शर्मा चयन भएका छन्। सचिवमा प्रकाश विमली, कोषाध्यक्षमा नगेन्द्र खवास तथा सह–कोषाध्यक्षमा अजयकुमार जयसवाल चयन भएका छन्। त्यस्तै, सह–सचिवको जिम्मेवारी कविता लिम्बुले पाएकी छन्।


कार्यसमिति सदस्यहरूमा सन्तोष अग्रवाल, नसरुद्दिन मियाँ, दिनेश (दुर्वासा) अधिकारी, चन्दनकुमार गुप्ता र रचना जैन निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष मानन्धरले वितरक व्यवसायलाई अझ व्यवस्थित, सशक्त र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले वितरकहरूको हकहित संरक्षण, व्यवसायिक मर्यादा कायम राख्ने तथा आपसी सहकार्यलाई मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धरान विशेष