नेभिगेशन
आर्थिक

उद्योगीका समस्या समाधान गर्न संसदीय समितिको ध्यानाकर्षण

विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा देखिएका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्न उद्योग संगठन मोरङले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको ध्यानाकर्षण गराएको छ ।

संगठनले सडक, विद्युत्, जुट उद्योग, जीआई तार, रेल, लजिस्टिक लागत, उधारो कारोबार तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनेलगायतका विषयमा तत्काल निर्णय लिन सरकारको ध्यानाकर्षण गराएको हो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठी र वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले सोमबार समितिका सभापति रहवर अन्सारीसहित सदस्यहरूसमक्ष सुझावपत्र बुझाएका हुन् ।

सुझावपत्र बुझाउँदै अध्यक्ष राठीले उद्योगी–व्यवसायीले अहिले आश्वासनभन्दा पनि उद्योग क्षेत्रका समस्या समाधान हुने गरी तत्काल कार्यान्वयनमा आउने निर्णय खोजिरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप आर्थिक