नेभिगेशन
आर्थिक

धरानमा विजयपुर ट्रेडर्सले ल्यायो 'ब्लु यामाहा एक्स एस आर १५५'

धरान । विजयपुर ट्रेडर्स धरानले 'ब्लु यामाहा एक्सएसआर १५५' बिहीबार सार्वजनिक गरेको छ । 

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिमार्फत धरानस्थित आधिकारिक सोरुम विजयपुर ट्रेडर्सले  'ब्लु यामाहा एक्सएसआर १५५'  उपलब्ध गराउन थालेको जनाएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठसहितले टेस्ट ड्राइभ गरी मोटरसाइकलको अनावरण गरे । 

नाडा अटो शोमार्फत् नेपालमा डेब्यू भएको एक्सएसआर ब्लु भेरियन्टको सुरुवाती मूल्य पाँच लाख ३४ हजार ९०० रुपैयाँ छ । ‘बिल्ट अन लिगेसी, ड्रिभन बाई पर्फर्मेन्स’को दर्शनमा आधारित यो मोटरसाइकलले आकर्षक नियो–रेट्रो लुक्स र आधुनिक पर्फर्मेन्ससहित आफ्नो छुट्टै पहिचानलाई एकसाथ समेटेको बिक्रेताको भनाइ छ । 

विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले १५ वर्षअघिदेखि एफआई इन्जिनयुक्त बाइक बिक्री गरिरहेको बताए । १ महिनामै ३ वटा भेरियन्टमा ५ सय युनिटसम्म बिक्री भइरहेको बाइक धरानमा ब्ल्यू स्क्वायर शोरुम मार्फत बिक्री सुरु भएको सञ्चालक खतिवडाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक