नेभिगेशन
समाज

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड

धरान, २९ मङ्सिर : धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका सि.ई.ओ. अभिषेक श्रेष्ठ ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्
      भारतको केरला राज्यको कोचिमा जनवरी ६ मा आयोजित कार्यक्रममा एसिया अवार्डका निर्देशक अबुथाएरले सि.ई.ओ. श्रेष्ठलाई अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन्।
      उक्त कार्यक्रममा नेपालबाट ५ जना र कोशी प्रदेशबाट एक मात्र प्रतिनिधिका रूपमा अभिषेक श्रेष्ठ सहभागी थिए। कामको उत्कृष्ट पर्फमेन्स, कलेजको शैक्षिक नतिजा तथा सामाजिक योगदानका आधारमा प्राईम भिजनका सि.ई.ओ. श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
     अवार्ड वितरण समारोहमा नेपाल, भारत, श्रीलंका, मौरिसस, माल्दिभ्स, मलेसिया, दुबई लगायत विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
     लगभग एक दशक लामो निरन्तर मेहनतको फलस्वरूप यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुँदा आफू अत्यन्तै खुशी भएको बताउँदै सि.ई.ओ. श्रेष्ठले आगामी दिनमा अझ ऊर्जा र प्रतिबद्धताका साथ काम गर्ने प्रेरणा मिलेको उल्लेख गरे। साथै, उनले कलेज परिवार, विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्