नेभिगेशन
शिक्षा

प्राइम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड

धरान, २९ मङ्सिर । धरान–१२ स्थित प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका सि.ई.ओ. अभिषेक श्रेष्ठ ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।

भारतको केरला राज्यको कोचिमा जनवरी ६ मा आयोजित कार्यक्रममा एसिया अवार्डका निर्देशक अबुथाएरले सि.ई.ओ. श्रेष्ठलाई अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा नेपालबाट ५ जना र कोशी प्रदेशबाट एक मात्र प्रतिनिधिका रूपमा अभिषेक श्रेष्ठ सहभागी थिए । कामको उत्कृष्ट पर्फमेन्स, कलेजको शैक्षिक नतिजा तथा सामाजिक योगदानका आधारमा प्राइम भिजनका सि.ई.ओ. श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

अवार्ड वितरण समारोहमा नेपाल, भारत, श्रीलंका, मौरिसस, माल्दिभ्स, मलेसिया, दुबई लगायत विभिन्न देशका प्रतिनिधिको सहभागिता थियो ।

एक दशक लामो निरन्तर मिहिनेतको फलस्वरूप यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुँदा आफू अत्यन्तै खुशी भएको सि.ई.ओ. श्रेष्ठले बताए । उनले आगामी दिनमा अझ ऊर्जा र प्रतिबद्धताका साथ काम गर्ने प्रेरणा मिलेको बताए । उनले कलेज परिवार, विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा