नेभिगेशन
खेलकुद

“द राइजिङ क्लब”द्वारा खुला फुटसल प्रतियोगिताको चौथो संस्करण आयोजना

धरान/सुनसरी — “द राइजिङ क्लब”ले फुटसलप्रेमी खेलाडीहरूका लागि खुला फुटसल प्रतियोगिताको चौथो संस्करण आयोजना गर्ने भएको छ। क्लबले यस प्रतियोगितालाई यस वर्ष अझ भव्य र प्रतिस्पर्धात्मक बनाउन तयारी थालेको जनाएको छ।
क्लबका अनुसार प्रतियोगिताको चौथो संस्करणमा पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ, जसले खेलाडीहरूमा थप उत्साह र प्रतिस्पर्धा बढाउने विश्वास लिइएको छ। प्रथम र द्वितीय हुने टोलीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।
तर सहभागी टोलीहरूलाई सहज बनाउने उद्देश्यले टोली दर्ता शुल्क भने बढाइएको छैन। अघिल्ला संस्करणकै दरमा दर्ता शुल्क कायम राखिएको क्लबका सचिव विकास लामाले जानकारी दिनुभयो। खेलप्रेमी युवाहरूलाई सहभागी गराउन दर्ता शुल्क यथावत् राखिएको उहाँको भनाइ छ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले माघ १८ गतेसम्म मात्रै टोली दर्ता गर्न सक्ने जनाइएको छ। समयमै दर्ता गराउन क्लबले सबै इच्छुक टोलीहरूलाई आग्रह गरेको छ।
स्थानीय स्तरमा फुटसलको विकास र युवाहरूको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगिताले खेलप्रेमीहरूमा विशेष आकर्षण पैदा गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद