नेभिगेशन
समाज

विराटनगरमा युवाहरूको राँके जुलुस, रास्वपा उम्मेदवार खगेन्द्र सुनुवारको पुतला दहन

विराटनगर । विराटनगरमा युवाहरूले राँके जुलुस निकाल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनुवारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
हिन्दु सम्राट नेपाल मोरङ शाखाको अगुवाइमा शनिबार राति निकालिएको राँके जुलुसमा सहभागीहरूले सुनुवारको पुतला जलाएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा सुनुवारले “इच्छा हुनेले गाईको मासु खान मिल्छ” भन्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरूले उक्त अभिव्यक्ति राष्ट्रिय जनावर गाईप्रति अपमानजनक भएको तथा नेपालको संविधान र प्रचलित कानुनको ठाडो उल्लङ्घन भएको दाबी गरेका छन्। उनीहरूले यस्तो अभिव्यक्तिले राष्ट्रियता र धार्मिक आस्थामाथि चोट पुर्‍याएको भन्दै कडा आपत्ति जनाए।
राँके जुलुसका क्रममा प्रदर्शनकारीहरूले सुनुवारले गैरजिम्मेवार र राष्ट्रिय भावनाको ख्याल नगरी बोलेको आरोप लगाउँदै सडकमा आगो बालेर पुतला दहन गरेका थिए। साथै, उनीहरूले सम्बन्धित निकायले उक्त विषयमा छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न मागसमेत गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्