नेभिगेशन
खेलकुद

२६ औं बुढासुब्बा गोल्डकपः साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेड विजयी

धरान ,धरान १६ स्थित रङ्गशालामा जारी २६ औं संस्करणको अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तेस्रो दिनको खेलमा तीन पटकको विजेता टोलि न्यूरोड टिम (एनआरटी) काठमाडौं स्तब्ध बनेको छ । प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं विजयी बनेको छ ।

शनिबारको खेलमा २–० गोल अन्तरले साविक विजेता एनआरठीलाई पराजित गर्दै प्लानिङ ब्वाइज विजयी बनेको हो । एनआरटीले २०८१, २०८० र २०६४ मा उपाधि हात पारेको थियो । खेलको पहिलो हापको ४३ औं मिनेटमा प्लानिङ ब्वाइजका पेबेले गोल गर्दै टिमलाई अग्रता दिए । खेलको  ८६ औं मिनेटमा प्लानिङ ब्वाइजका श्याम मुरमुरले थप गोल गरे । खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाइजका गोल किपर योगेश धिमालले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
भोलि आइतबार साविक उपविजेता चर्च काठमाडौं र चार पटकको विजेता विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।
बुढासुब्बा गोल्डकपको उपाधि विजेताले ट्रफी र मेडलसहित नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन् । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद