नेभिगेशन
खेलकुद

२६ औ बुढासुब्बा गोल्डकप: साविक उपविजेता चर्च ब्वाइज सेमिफाइनलमा

धरान / धरान १६ स्थित रङ्गशालामा जारी २६ अौं संस्करणको अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको चौथो  दिनको खेलमा नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड ललितपुर  सेमिफाइनल प्रवेश गरेको छ

आइतबार सम्पन्न क्वाटर फाइनल नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै साविक उपविजेता चर्च ब्वाइज युनाइटेड ललितपुर सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेफमा चर्च ब्वाइजका रिचर्ड विलसनले पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिए ।  यता पुलिस क्लबले पटकपटक प्रयास गोलमा परिणत हुन नसकेपछि खेलबाट बाहिरिएको छ ।
खेलको म्यान अफ द म्याच  चर्च ब्वाइजका रिजर्ड विलसले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

भोलि सोमबार धरान फुटबल क्लब र लालिगुराँस ए पोखराबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताएका छन् । 

बुढासुब्बा गोल्डकपको उपाधि विजेताले ट्रफी र मेडलसहित नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने छन् । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद