नेभिगेशन
खेलकुद

२६ औँ बुढासुब्बा गोल्डकप चर्च ब्वाइज र प्लानिङ ब्वाइज फाइनलमा

धरान — २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाइज युनाइटेड काठमाडौं र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीच भिडन्त हुने भएको  छ ।
शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडले झापा–११ झापालाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । फाइनलमा प्लानिङ ब्वाइजले गत वर्षको उपविजेता चर्च ब्वाइजसँग भेट गर्नेछ ।
खेलको पहिलो हाफमा चर्च ब्वाइजका मिलन राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको १७ औँ मिनेटमा अबोयामी फाकुल्नेले अर्को गोल थपे। झापाका लागि पहिलो हाफमै चर्च ब्वाइजका अभिषेक लामाले आत्मघाती गोल गरे । दोस्रो हाफको २१ औँ मिनेटमा झापाका एरोन थापा मगरले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयसम्म दुबै टोलीबाट २–२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
ट्राइब्रेकरमा चर्च ब्वाइजका एरिक बिष्ट, रोहन कार्की र सुदिप श्रेष्ठले गोल गरे भने सुमित श्रेष्ठ गोल गर्न असफल भए । झापाका तर्फबाट प्रशान्त लक्ष्मणले मात्र गोल गर्न सफल भए भने एरोन थापा मगर, राजेश दाहाल र गौरव धिमालले गोल गर्न सकेनन् । खेलका म्यान अफ द म्याच चर्च ब्वाइजका गोलरक्षक प्रमिजय घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यसअघि क्वाटरफाइनलमा न्युरोड टिम (एनआरटी) र सेमिफाइनलमा लालिगुँरास एसोसिएसन पोखरालाई पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा पुगेको हो । चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै अन्तिम दुईमा स्थान बनाएको थियो ।
फाइनल खेल शनिबार  धरान–१६ स्थित धरान रंगशालामा हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद