नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

सुरक्षा गार्ड दुलप्रसाद पराजुली पुरस्कृत

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा आफ्नो बहादुरी देखाउदै लाठी चार्ज गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ।

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा आफ्नो  बहादुरी देखाउदै लाठी चार्ज गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ।

उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कारका साथै  पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो। भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे। कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन लागी परेका अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ।

अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ। यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई पनि ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा  गरेका छन्। सुरक्षा गार्ड पराजुली त्यस दिन लुटपाट गर्नेहरूको प्रतिकारमा एक्लै  उत्रेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज