नेभिगेशन
समाचार

सुनसरी–१ को पहिलो मतपरिणाम सार्वजनिक, रास्वपा उम्मेदवार तामाङको अग्रता

धरान । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ को मतगणनाको पहिलो परिणाम सार्वजनिक भएको छ। धरान उपमहानगरपालिका वडा नं. १ अन्तर्गत उद्योग वाणिज्य संघ ‘क’ र ‘ख’ मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शरिन तामाङले अग्रता लिएका छन्।
उक्त दुई मतदान केन्द्रमा जम्मा ९२४ मत खसेकोमा ३६ मत बदर भएको छ भने ८८७ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सार्वजनिक प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार शरिन तामाङ (घण्टी) ले ४६१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनलाई श्रम संस्कृति पार्टीका हर्क साम्पाङ (माटो) ले १५४ मतका साथ पछ्याइरहेका छन्।
अन्य उम्मेदवारहरूको मत परिणाम यसप्रकार रहेको छः
• नेकपा (माओवादी केन्द्र) – मनोज भट्टराई (तारा) : ४१
• नेकपा (एमाले) – टिकाराम लिम्बू (सूर्य) : २०
• नेपाली कांग्रेस – सुजेन्द्र गोले (रुख) : १०७
• राष्ट्रिय प्रजातन्त्र पार्टी – उद्वव श्रेष्ठ (हलु) : ९४
• उज्यालो नेपाल पार्टी : १
• कैँची चिन्ह : १
• आँप चिन्ह : २
प्रारम्भिक परिणामअनुसार रास्वपाका तामाङले श्रम संस्कृति पार्टीका साम्पाङलाई ३०७ मतले पछि पारेका छन्। मतगणना अहिले पनि निरन्तर जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार