नेभिगेशन
समाचार

सुनसरीका चारै क्षेत्रमा रास्वपाको अग्रता

धरान (सुनसरी), २२ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा सुनसरीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता लिएका छन्।
सुनसरीका मुख्य निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार आज राति करिब १० बजेसम्मको मतगणना परिणामअनुसार क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार गोमा तामाङ २,१६२ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँलाई श्रम संस्कृती पार्टीका उम्मेदवार हर्कराज राईले ८१६ मत ल्याएर पछ्याइरहनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ४४१ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार लालविक्रम थापा ४,०२३ मतसहित अग्रता कायम राख्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले २,१७० मत प्राप्त गर्नुभएको छ।
निर्वाचन क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै उम्मेदवार अशोककुमार चौधरी ८,९९८ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले ४,२९५ मत ल्याएर पछ्याइरहनुभएको छ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार दीपककुमार साह ८८२ मतसहित अग्रता कायम राख्नुभएको छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले ५१७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र)का उम्मेदवार महमद महफुस अन्सारीले ३९५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ समय लाग्ने जनाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार