नेभिगेशन
खेलकुद

धरानमा चैत १४ गते चौथो गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता हुने

धरान : विश्वयुद्ध तथा विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका वीर गोर्खाली सैनिकहरूको सम्मान र सम्झनामा आयोजना गरिँदै आएको गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिताको चौथो संस्करण आगामी चैत १४ गते धरानमा आयोजना हुने भएको छ।


गोर्खा सिमेट्रीज ट्रष्ट नेपालको आयोजनामा हुने प्रतियोगिता धरान–१८ स्थित रत्न चौकबाट सुरु भई धरान–२० मा रहेको ब्रिटिश गोर्खा स्मृति पार्कमा समापन हुने आयोजक समितिका अध्यक्ष महेन्द्र कुमार राईले जानकारी दिनुभयो। रत्न चौकदेखि ब्रिटिश गोर्खा स्मृति पार्कसम्म करिब १० किलोमिटर दूरी रहनेछ।


अघिल्लो वर्षको तुलनामा यसपटक अझ बढी धावकहरूको सहभागिता हुने आयोजकको विश्वास छ। गत वर्ष सम्पन्न तेस्रो संस्करणमा करिब ७ सय धावकले सहभागिता जनाएका थिए।
गत वर्षको तेस्रो गोर्खा ट्रेलब्लेजर प्रतियोगितामा पुरुषतर्फको १२ किलोमिटर दौडमा पाँचथरका सरोज लिम्बु प्रथम भएका थिए भने महिलातर्फ १२ किलोमिटर दौडमा जमुना लिम्बुले उपाधि जितेकी थिइन्।


यस वर्षको प्रतियोगिताले पनि वीर गोर्खाली सैनिकहरूको योगदानलाई स्मरण गर्दै खेलकुदमार्फत सम्मान प्रकट गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद