नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

अस्ताउदो मिडिया र संचारकर्मी

अहिलेका पत्रकारहरु समाचार लेख्न नै छोडिसके प्रेसमिट मा त जान्छन तर समाचार लेख्दैन सबै लेखेर पठाइदिनुपर्छ,

बरिस्ठ पत्रकार अरुन बराल बिशेष कार्यक्रमको सिलसिला मा धरान आउनु भएको अबसरमा उक्त गहन बिषयमा छलफल भएको हो।

धरानका बरिस्ठ पत्रकार हर्ष सुब्बाको सुरुवाती अबस्था देखि अहिलेसम्म समय अबधी भित्र आएका मिडिया , पत्रकार र मिडिया कर्मीहरुको अबस्था के कस्तो छ भन्ने बिषयमा पत्रकार अरुन बराल भन्छन् ,पहिले समाचार हेर्ने र पढ्ने भनेको केही सिमित पत्रीका र टेलिभिजन मात्र थियो।त्यतिबेला सिमित पत्रकार थिए,थोरै समाचार आए पनि गहकिलो र ओजन युक्त समाचार सम्प्रेषण हुन्थो।हामी सम्म आइपुग्दा अनलाइन खबर आउन थाल्यो,डिजिटल समाचारको बिकास भयो,एक मिडियाले लेखेका समाचार कपिपेस्ट गर्दै समाचार सम्प्रेषण हुनथाल्यो।त्यस पछि बिस्तारै सोसल मिडियामा ब्यक्ति पिच्छेका च्यानल तथा फेस बुक पेज हरुमा समाचार आउन थाल्यो अब त झन ए आई को प्रयोगले त झन सजिलो पारिदिएको छ।यी सबै कुराले गर्दा श्रमजीवी पत्रकार र मिडिया को स्तर न्यून भएको हो।


आफ्नो पत्रकार जीवन धरान बाट नै सुरु गरेको बताउदै उनी थप्छन्  पुर्ब पत्रकारहरुको लागि र मिडियाको लागि उत्तम स्थान हो।यहाँ थुप्रै बिषयहरु छन ,तपाईं यस्तो एउटा बिषय उठाउनुहोस जुन बिषय बस्तुले तपाईको जीवन परिवर्तन गरोस् ,कपि पेष्ट गर्दै नगर्नुहोस् , सोसल मिडिया को सहि र उपयुक्त प्रयोग गर्नुहोस जसले तपाईलाई सबै माझ चिनाउन सहयोग गर्नेछ।

यस बिषयमा धरानका बरिस्ठ पत्रकार हर्ष सुब्बा भन्नू हुन्छ। पत्रकार र मिडिया अहिले पार्टी गत भयो ,सहि समाचार आउदैन ,अहिलेका पत्रकारहरु समाचार लेख्न नै छोडिसके प्रेसमिट मा त  जान्छन तर समाचार लेख्दैन सबै लेखेर पठाइदिनुपर्छ,अनि सबै मिडिया मा एउटै शिर्षक एउटै समाचार ,त्यसकारण यदि पत्रकारिता र मिडिया टिकाउनु छ भने यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ।

आज को यस छलफल कार्यक्रममा पत्रकार महासंघ सुन्सरीका अध्यक्ष सन्तोष काफ्ले लगाएत बरिस्ठ पत्रकार , मिडिया संचालक र संचार कर्मिको उपस्थित रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज