नेभिगेशन
समाज

धरानमा दलित महिला प्रतिनिधि र महिला सञ्जालका लागि नेतृत्व विकास तालिम

धरान । धरान उपमहानगरपालिकाको आयोजनामा दलित महिला जनप्रतिनिधि तथा नगर महिला सञ्जालका लागि दुई दिने नेतृत्व तथा क्षमता विकास तालिम आयोजना गरिएको छ ।

धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित यस तालिममा नगरका विभिन्न वडाबाट निर्वाचित दलित महिला जनप्रतिनिधिहरू र नगर स्तरीय महिला सञ्जालमा आबद्ध महिलाहरूको सहभागिता रहेको छ । 

स्थानीय तहमा चुनिएका प्रतिनिधिहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई प्रशासनिक तथा सामाजिक कार्यमा थप सक्रिय बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको आयोजक धरान उपमहानगरले जनाएको छ ।

सोमबारदेखि दुई दिनसम्म यस सत्रमा सहभागीहरूलाई नेतृत्व कला, योजना तर्जुमा प्रक्रिया, र स्थानीय सरकारमा महिलाको प्रभावकारी भूमिकाका बारेमा प्रशिक्षण दिइएको कार्यपालिका सदस्य दिनेश गजमेरले जानकारी दिए । नगर कार्यपालिकाको कार्यालयले आयोजना गरेको यस कार्यक्रमले जनप्रतिनिधिहरूको कार्यक्षमता बढाउनुका साथै महिला सशक्तिकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । तालिमको सहजीकरण विनोद विश्वकर्माले गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज

चुनावको छायाँमा धरानको होली फिका