नेभिगेशन
समाज

आमाको मुख हेर्ने दिनको महत्व

प्रा.डा. वीणा पौड्यालका अनुसार सनातन धर्मावलम्बीहरु औंसीलाई पितृको तिथि मान्छन् । भाद्र कृष्ण पक्ष बाबु र वैशाख कृष्ण पक्ष आमाको सम्मानका लागि स्थापित तिथि हो ।

छोटोमा भन्नुपर्दा, “आमाको मुख हेर्ने दिन” भनेको माया, आभार र सम्मान प्रकट गर्ने, मातृत्वको महत्व सम्झाउने अत्यन्त पवित्र र भावनात्मक दिन हो।

जीवित वा दिवंगत दुवै आमाका सम्मान र सम्झनामा मनाइने पर्व हो– मातृ औंसी । हिजोआज यसलाई आमा दिवस पनि भनिन्छ । आमाको माया, ममता, त्याग र समर्पणलाई शब्दले व्यक्त गर्न सकिँदैन । विश्वका प्रसिद्ध साहित्यकारहरूले पनि आमाको महिमाबारे लेख्न शब्दको खडेरी र खाँचो  परेको राय व्यक्त गरेका छन् । संसारमा सबैभन्दा मीठो सम्बोधन हो– मा, आमा, मदर, मम, मामी । हाम्रा शास्त्रहरुमा आमालाई सारै सम्मानजनक स्थान दिइएको छ । 

तैतिरीयोपनिषद्मा मातृ देवो भव:, अर्थात् आमालाई देवी सरह मान, आमाको भक्त होऊ भनिएको छ । स्तोत्रावलीमा कुपुत्रो जयते क्वचिदपि कुमाता न भवति अर्थात् सन्तान कुपुत भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भनिएको छ । 

नेपालका विभिन्न तीर्थ स्थलहरू र काठमाडौंक् थानकोटको मातातीर्थ, भक्तपुरको हनुमान घाट, पशुपति क्षेत्रका घाटहरूमा आजको दिन आमा नहुनेहरूले तर्पण, श्राद्ध र दान गर्छन् । समयअनुसार छोरा छोरीले आमाको मुख हेर्ने दिन केहि अनुकरणीय कार्य गर्न सक्छन् । 

जीवित वा मृत आमाको नाममा अस्पतालमा २–४ वटा बेड, पाठशालामा पुस्तकालय, प्रयोगशाला, शौचालय, खेलकूदका सामान, महिला होस्टेल र छात्रवृतिको व्यवस्था गर्न सकिन्छ । आमाको मुख हेर्ने दिन फलफूल र मिष्ठान्न अर्पण गरेर मात्र सन्तानको दायित्व पूर्ण नहुँदै । आमाको आँखामा आँसु नल्याउन वचन र कर्म दुवै आवश्यक छ । हाम्रो शास्त्रमा आमाको चित्त दुखाएमा सात जन्मसम्म नरकमा पर्ने चेतावनी दिएको छ । यति हुँदाहुँदै पनि कतिपय छोराछोरीले आफ्नी आमालाई वृद्धाश्रममा राखेको पनि देख्न सकिन्छ । 

पितृ भैसकेको आमाले यस धरातलबाट अर्पण गरेको जल पाउँछिन् भने जीउँदै आमालाई आवश्यक हुँदा अन्न जल दिएर उनको सेवा गर्दा आफ्नै आँखाले देख्न र आशीर्वाद पाइन्छ । 

औंसीमा सूर्य र चन्द्रमा एउटै राशीमा बस्छन् । त्यसैले यस दिनको ज्योतिष शास्त्रमा विशेष महत्व छ । आमाको महत्व दर्शाउन नै वर्षको पहिलो महिनाको औंसी आमाको सम्मानका लागि छुट्याइएको छ । 

मातातीर्थ

चन्द्रागिरिको फेदीमा स्थित मातातीर्थको ठूलो महिमा छ । हरेक वर्ष आमाको मुख हेर्ने दिन यहाँ मेला लाग्दछ । नेपालको पुरातात्विक प्रामाणिक इतिहास पाँचौ शताब्दीदेखि प्रारम्भ हुन्छ । मातातीर्थमा लिच्छवीकालका शीलालेख र मूर्ति प्राप्त भएका छैनन् तर नजिकैका स्थान बलम्बू, थानकोटमा लिच्छवीकालका अभिलेख छन् । मातातीर्थको ढुंगेधारा र कुण्ड वि.सं. १७९६ मा जयविष्णुले बनाएको मानिन्छ । मूर्तिकार रामकृष्ण भण्डारीले बनाएका आमाको आधुनिक मूर्तिले त्यस क्षेत्रकों महिमा बुझाएको छ । 

 

“आमाको मुख हेर्ने दिन” (मातातीर्थ औंसी) नेपाली संस्कृतिमा धेरै महत्वपूर्ण दिन हो। यस्तो छ महत्व :
    •    आमाप्रतिको कृतज्ञता व्यक्त गर्ने दिन:
यो दिन छोराछोरीहरूले आमा प्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्छन्। आमाले दिएको माया, स्नेह र बलिदानलाई सम्झने विशेष अवसर हो।
    •    मातृ भक्ति र सम्झना:
जीवित आमालाई भेटेर मिष्ठान्न, फलफूल अर्पण गरिन्छ भने दिवंगत आमाका सम्झनामा तिर्थ स्नान र पूजापाठ गरिन्छ। मातातीर्थ स्नान गर्ने चलन पनि यही दिनमा प्रचलित छ।
    •    धार्मिक र सांस्कृतिक महत्व:
हिन्दू धर्ममा आमालाई देवी समान मानिन्छ। आमाको सेवा गर्दा धर्म, पुण्य र सफलताको प्राप्ति हुन्छ भन्ने विश्वास रहेको छ।
    •    पारिवारिक एकता र प्रेम प्रवर्द्धन:
यो दिन परिवारभित्रको प्रेम र एकता अझ बलियो बनाउने अवसर पनि हो। परिवारका सदस्यहरू आमासँग समय बिताउँछन् र खुशी साटासाट गर्छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रबन्ध निर्देशक

   रिपोटर 

फोटो पत्रकार

थप समाज