नेभिगेशन
Dashain Banner
Dashain Banner
खेलकुद

धरानमा राउन्ड टेबल २६ द्वारा भव्य फुर्सल लिग, वर्ल्डलिंक बिजेता नबिल बैंक उपबिजेता 

 
 
धरानः राउन्ड टेबल २६ को आयोजनामा “राउन्ड टेबल फुर्सल लिग (RTFL 1.0)”  BB Futsal सम्पन्न भएको छ।
 
प्रतियोगितामा वर्ल्डलिंकले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल रह्यो। विजेता टिमले नगद रु ४१,०००/- र लेभल अप रेस्टुरेन्टको रु ५,०००/- बराबरको कुपन प्राप्त गर्यो। रेहान लिम्बु म्यान अफ द म्याच बने ।
 
नबिल बैंक उपविजेता बन्दै नगद रु ११,०००/- र साजे फिटनेस कुपन रु ५,०००/- प्राप्त गरेको राउन्ड टेबलका पूर्व अध्यक्ष तथा एरिया प्रजोक्ट कोडिनेटर कृष्ण अटलले जानकारी दिए। 
 
 
व्यक्तिगत विधातर्फ रोबिन खत्रीले गोल्डेन स्ट्राइकर, रोशन खवासले गोल्डेन ग्लोभ्स र रोशन तामाङले राइजिङ स्टारको उपाधि हात पारे।
 
प्रतियोगिता सफल बनाउन विभिन्न निकाय र ब्राण्डहरूले साथ दिएका थिए।कार्यक्रमको अध्यक्षता राउन्ड टेबल २६ का अध्यक्ष TR निमेश अग्रवालले गरेका थिए।कार्यक्रममा एन्फा कोशी अध्यक्ष नविन राई प्रमुख अतिथिका रूपमा, र धरान फुटबल क्लबरा अध्यक्ष प्रताप तामाङ विशेष अतिथिका रूपमा उपस्थित थिए।
 
 
 
 
 
राउन्ड टेबल नेपाल एरिया–२ का संयोजक TR.दिवस सुवेदी र एरिया प्रोजेक्ट कोअर्डिनेटर तथा राउन्ड टेबल २६ का पूर्व अध्यक्ष TR.कृष्ण अटल सम्माननीय अतिथिका रूपमा सहभागी भएका थिए।
RTFL 1.0 का संयोजक Tr. अंकित अग्रवाल र TR.सोमन्त अग्रवाल थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद