नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

युवा पत्रकार विकल रेग्मीसहित सात जना रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित

काठमाडौं । युवा पत्रकार विकल रेग्मीसहित सात जना रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक-३२९२ ले प्रदान गर्ने गरेको रोटरी जर्नो अवार्डको खानेपानी, सरसफाइ तथा स्वच्छता विधातर्फ सप्तकोशी टेलिभिजनका सम्पादक रेग्मी पुरस्कृत भएका हुन । 

पत्रकार रेग्मीसहित सात जना पत्रकार रोटरी जर्नो अवार्ड बाट  पुरस्कृत भएका छन् । संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक-३२९२ का गभर्नर रोटेरियन बिनोद कोइरालाले पुरस्कार प्रदान गरेका हुन् । 

प्रमाणपत्रका साथ ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
रोटरी जर्नो अवार्ड–२०२६ अन्तर्गत आधारभूत शिक्षा, साक्षरता तथा डिजिटल साक्षरता/डिजिटलीकरण, स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता , रोगको रोकथाम तथा उपचार, मातृ तथा शिशु स्वास्थ्य, वातावरण, जलवायु परिवर्तन तथा उत्थानशीलता, स्थानीय शान्ति तथा द्वन्द्व रोकथाम/समाधान तथा सामुदायिक एवं आर्थिक विकासजस्ता रोटरीका सात प्राथमिकताका क्षेत्रमा प्रभावकारी र समाज रूपान्तरणमा योगदान पुर्‍याउने उत्कृष्ट पत्रकारितालाई सम्मान प्रदान गरिएको हो ।  

यस वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा सुनसरीका पत्रकार सप्तकोशी टेलिभिजनका सम्पादक विकल रेग्मी, मातृ तथा शिशु स्वास्थ्य विधामा उकालो अनलाइनका संवाददाता सागर बुढाथोकी, रोग रोकथाम तथा उपचार विधामा ओखलढुंगाका पत्रकार सरोज ढुंगेल, वातावरण, जलवायु परिवर्तन तथा उत्थानशीलता विधामा सगरमाथा एफएम, काठमाडौंकी अर्वशी बस्न्यात तथा सामुदायिक र आर्थिक विकास विधामा पोखराका पत्रकार विजय नेपाल , आधारभूत शिक्षा, साक्षरता तथा डिजिटल साक्षरता विधामा
सुदीप कैनी र स्थानीय शान्ति तथा द्वन्द्व रोकथाम/समाधान विधामा रुपा गहतराज पुरस्कृत भएका छन् । यसरी सात वटा विधामा अवार्ड वितरण गरिएको अवार्ड कमिटीका अध्यक्ष सुरेश आचार्यले बताए ।

पत्रकारितामा व्यावसायिक उत्कृष्टता, प्रभावकारी सञ्चार, रोटरीका प्राथमिकताका क्षेत्रसँग सम्बन्धित विषयवस्तुको उठान तथा समाजमा सकारात्मक योगदान पुर्‍याएको आधारमा रेग्मीलाई यस वर्षको प्रतिष्ठित रोटरी जर्नो अवार्ड–२०२६ प्रदान गरिएको हो । रोटरी जर्नो अवार्ड पत्रकारिताको व्यावसायिक उत्कृष्टता, सामाजिक उत्तरदायित्व र जनहितका विषयलाई प्रभावकारी रूपमा उठान गर्ने पत्रकारलाई प्रदान गरिने प्रतिष्ठित सम्मानका रूपमा परिचित छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार