नेभिगेशन
समाचार

कोशी प्रदेश सरकारले किसानलाई कम लागतमा प्रविधिमैत्री र समृद्ध किसान बनाउने : मन्त्री मन्सुरी

धरान । कोशी प्रदेश सरकारले किसानलाई कम लागतमा प्रविधिमैत्री र समृद्ध किसान बनाउने योजना लागू गरेको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले बताएका छन् ।

असार-१५ राष्ट्रिय धान दिवसको अवसरमा धरान-६ पानवारीमा आयोजित रोपाइँ उत्सवमा मन्त्री मन्सुरीले कोशी प्रदेश सरकारले धान किसानलाई आत्म निर्भर बनाउने बताए । 

'जलवायु परिवर्तनका लागि किसानलाई निकै नै चुनौती रहेको छ । खडेरी छ, पानी वर्षा हुरी बतासले गर्दा धान किसानहरू सारै नै मारमा परेका छन् ।' मन्त्री मन्सुरीले भने ।

कोशी प्रदेश सरकारले किसानलाई प्रविधिमैत्री र यान्त्रीकरण लगायतका व्यावसायीकरणका लागि जोड दिएको उनको भनाइ थियो । 

'औजार उपकरणका माध्यमले किसानहरूलाई कम लागतमा बढी उत्पादन हुने समृद्ध किसान बनाउने भन्ने योजना लागू गरेको छ ।' मन्त्री मन्सुरीले भने । 

प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत 'किसानसँग प्राविधिक' कार्यक्रम ल्याएको बताए । किसानलाई प्राविधिकको आवश्यकता पर्ने भएकाले सबै जिल्लामा उपलब्ध गराएको उनले बताए । 

मन्त्री मन्सुरीले सुनसरीमा १९ प्रतिशत धान रोपाइँ भएकी बताए । उनका अनुसार कोशी प्रदेशभरि १५.३४ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी भोजपुरमा ६८ प्रतिशत धान रोपाइँ भएको छ । झापामा भने ६.१३ प्रतिशत धान रोपाइँ भएको मन्त्री मन्सुरीले बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार