नेभिगेशन
समाज

सुनसरीबाट लागूऔषध गाँजा बोकेको १ वटा सवारी साधन सहित २ जना पक्राउ

विराटनगर, बैशाख १६ । सुनसरीबाट लागूऔषध गाँजा बोकेको १ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाँउपालिका-३ स्थितबाट प्र.१-०२-००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारे संगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका-९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज