नेभिगेशन
समाचार

धरान खानेपानी व्यवस्थापन बोर्डको आम्दानी १८ करोड ६९ लाख, खर्च १६ करोड रुपैयाँ

धरान । धरान खानेपानी व्यवस्थापन बोर्डले आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा १८ करोड ६९ लाख ८७ हजार ९ सय ८६ रुपैयाँ आम्दानी गरेको छ । यस्तै बोर्डले १६ करोड १ लाख ३९ हजार रुपैयाँ खर्च गरेको छ ।

शुक्रबार आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले गत आर्थिक वर्षको आयव्यय प्रस्तुत गरे । 

बोर्डका अध्यक्ष बेघाका अनुसार बोर्डले खानेपानी महशुल, जडान शुल्कलगायत नियमित स्रोततर्फ - १६ करोड ३७ लाख २९ हजार १ सय ७ रुपैयाँ आम्दानी गरेको छ । विलम्व शुल्क, जरिवाना, अनधिकृत पानी प्रयोग जरिवाना- १ करोड २१ लाख १४ हजार ७ सय ९३ रुपैयाँ, जलाधार संरक्षण शुल्क - ६१ लाख ४४ हजार ५ सय ८५ रुपैयाँ र बीपी प्रतिष्ठानबाट- ४९ लाख ७९ हजार ५ सय रुपैयाँ आम्दानी गरेको छ । 

बोर्डले प्रशासनिक खर्च  ६ करोड १२ लाख ४४ हजार ९ सय ९३ रुपैयाँ रहेको छ । पुँजीगततर्फ ४३ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ । खानेपानी संरचना मर्मत सम्भार- २ करोड ३३ लाख ४९ हजार ८ सय २६ रुपैयाँ, आपूर्ति व्यवस्थापन, पाइप खरिदलगायत- ४ करोड ४ लाख ८३ हजार ३ सय ७७ रुपैयाँ र विद्युत महशुल भुक्तानीतर्फ ३ करोड ४५ हजार रुपैयाँ खर्च भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार