नेभिगेशन
समाज

नक्कली नोट सहित विराटनगरमा १ जना महिला पक्राउ

धरानः मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन ।

वैशाख १६ गते विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेकोमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय सहित नियन्त्रणमा लिएको हो । 

नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज