नेभिगेशन
समाचार

हर्क साम्पाङले भने- 'सुम्निमा पारुहाङ प्रतिमा निर्माणपछि मासिक ५ लाख पर्यटक धरान भित्रिनेछन्'

धरान । धरान-२० चिण्डेडाँडा सुम्निमा पारुहाङ निर्माण स्थलबाट औपचारिक रुपमा प्रतिमा निर्माणका लागि श्रमदान अभियान सुरु भएको श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले घोषणा गरेका छन् । 

प्रतिमा निर्माणपछि महिनामा ५ लाख पर्यटक  भित्रिने अध्यक्ष साम्पाङले श्रमदाता समक्ष शनिबार विश्वास व्यक्त गरे । उनले सांस्कृतिक सम्पदा निर्माण गर्ने उद्देश्य रहेकाले विरोध नगर्न आग्रह गरे । उनले भने- हाम्रो विरोधमा लाग्ने साथीहरूलाई पनि भन्न चाहान्छु विरोध नगर्दिनुहोस्, आउनुहोस् एउटा मात्रै भए पनि ढुङ्गा बोकिदिनुहोस्, एक थोपा मात्रै भए पनि यो धर्तीमा पसिना चुहाउनुहोस् ।

Harka-sampang-Sumnima-Paruhang-1-1784359045.jpg
सुम्निमा र पारुहाङको आकर्षक र  विशाल प्रतिमा बनेपछि त्यसको पछाडि बहुसांस्कृतिक यार्डको समेत परिकल्पना गरेको साम्पाङले बताए । 'यहाँ सम्पूर्ण जात जातिका प्रतीकहरुको स्थापना गर्नेछौं । सभ्यता र सृष्टिसँग सम्बन्धित ग्रन्थहरु राखिनेछन् । यो एउटा अध्ययन केन्द्रका रुपमा हुनेछ । सेल्फी खिच्नेका लागि यो एउटा पर्यटकीय स्थल हुनेछ । आस्थासँग जोडिएको छ भनेर बुझ्नेका लागि यो आस्थाको केन्द्र हुने छ ।' साम्पाङले भने । 

सुम्निमा पारुहाङको प्रतिमा कुनै एउटा जाति विशेषको नभएको अध्यक्ष साम्पाङले बताए । 'यो वास्तविकता यहाँहरु सामु राख्न चाहान्छु । यो प्रतिमा बन्दैन कि के हो भन्ने आशंका सुनियो । जति ठूलो काम गर्न खोज्यो त्यति ठूलो तयार हुन जरुरी छ, लगानी हुन जरुरी छ । धेरै कुरा व्यवस्थापन देखि जग्गा आर्जनदेखि यावत समस्या सुल्झाउन लागिपरेका थियौं । हामी बिर्सिएका होइनौं हर्क साम्पाङले जे बोल्छ त्यो गर्छ, गरेरै छाड्छ ।'

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार