नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

श्रावणका सोमबार शिवजट्टामा बोलबम मेला, पिण्डेश्वरमा जल चढाउन सामूहिक यात्रा

धरान । धरान–४ स्थित शिवजट्टा समाजले श्रावण महिनाभर प्रत्येक सोमबार बोलबम मेला तथा सामूहिक जलयात्रा आयोजना गर्ने भएको छ ।

समाजले आइतबार जारी गरेको निमन्त्रणापत्रअनुसार शिवजट्टा क्षेत्रको शिव मन्दिर (कालीमाटी) बाट पवित्र जल लिएर पिण्डेश्वर मन्दिरमा चढाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिनेछ। समाजले गत वर्ष २०८२ देखि सुरु गरेको यस अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको जनाएको छ।

"शिवजट्टाको पवित्र जल ल्याऔं, पिण्डेश्वरी धाममा चढाऔं" भन्ने नारासहित सञ्चालन हुने कार्यक्रममा श्रद्धालु भक्तजनको सहभागितासँगै बोलबम यात्राको प्रचारप्रसार गर्ने र श्रावण महिनाको सोमबारलाई धार्मिक उत्सवका रूपमा मनाउने उद्देश्य रहेको समाजले जनाएको छ ।

कार्यक्रमअन्तर्गत श्रावण महिनाको प्रत्येक सोमबार बिहान ५ बजे धरान–१३ स्थित शिवधारा पेट्रोल पम्पमा श्रद्धालु भेला हुनेछन् । त्यहाँबाट शिवजट्टा मन्दिर पुगेर जल संकलन गरेपछि पिण्डेश्वर मन्दिरमा जल चढाइने कार्यक्रम तय गरिएको छ ।
शिवजट्टा समाजका अध्यक्ष रत्नबहादुर गुरुङ (मौसम) ले श्रद्धालु, स्थानीयवासी तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई धार्मिक अभियानलाई सफल बनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार