नेभिगेशन
खेलकुद

धरानमा 'द राइजिङ्ग ओपन फुटसल टुर्नामेन्ट २०८२' हुने

धरान, जेठ २ — धरान-०८ स्थित ‘हाम्रो फुटसल’ मा जेठ १४ र १५ गते ‘द राइजिङ्ग ओपन फुटसल टुर्नामेन्ट २०८२’ आयोजना हुने भएको छ।
खेलकुदको प्रवर्द्धन तथा स्थानीय प्रतिभालाई उत्साहित गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकहरूले जनाएका छन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ७०,०००, द्वितीय हुने टिमले रु. ३५,००० प्राप्त गर्नेछ। साथै, तीनवटा विशेष विधामा समेत नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ।
टिम दर्ता शुल्क रु. ४,४९९ तोकिएको छ भने ३५ वर्ष वा सोभन्दा माथिका भेट्रान खेलाडीहरूको समूहका लागि ३३.३३ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
दर्ता तथा जानकारीका लागि ९८०२७१६५६५ र ९७६२९८७७६१ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रबन्ध निर्देशक

   रिपोटर 

फोटो पत्रकार

थप खेलकुद