नेभिगेशन
समाज

कोशि प्रदेशका प्रहरी प्रमुखबाट मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन

धरानः कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले कोशी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण पश्चात Virtual माध्यमद्वारा निर्देशन दिएका छन्।

कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिएका हुन्।


वैशाख २८ गते  Virtual माध्यमद्धारा निर्देशनको क्रममा वहाँले प्रहरीले आ-आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई सामना गर्दै एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवककोरूपमा खटिनु पर्ने निर्देशन दिएका थिए। 

नागरिकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न र दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी सामजमा शान्ति सुरक्षा कायम राख्न, आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न कार्कीको निर्देशन छ।

सिमा नाकाहरुमा कडाईका साथ चेकजाँचको व्यवस्था, प्रविधि मैतृ तथा प्रभावकारी ट्राफिक व्यवस्थापन, विपदका घटनाहरुमा तत्काल उद्धार, पेन्डिङ मुद्दाको फछ्यौट, प्रभावकारी प्रहरी अनुसन्धान, सवारी दुर्घटना नियन्त्रण, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा प्रहरी परिचालन गरी समाजमा शान्ति सुरक्षा प्रभावकारी जोड दिएका छन्। 


निर्देशन सम्वोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश  प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज