नेभिगेशन
समाज

छिनछिनमा बत्ती जान थालेपछि विद्युत प्राधिकरण र सरकारको चर्को आलोचना

अहिले छिनछिनमा बत्ती गएको छ। यसरी बत्ती जान थालेपछि आम सर्वसाधारणले नेपाल विद्युत प्राधिकरण र सरकारको चर्को आलोचना गरेका छन्।

सामाजिक सञ्जालमा 'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्दै आक्रोश पोखिएको छ।

यही सन्दर्भमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले आज पत्रकार सम्मेलनमार्फत हिजो (जेठ १ गते) बेलुका ५:३५ देखि ८ बजेसम्म देशका अधिकांश स्थानमा विद्युत आपूर्तिमा आएको समस्याका मुख्य कारणहरू जानकारी गराएका छन्।

उच्च वेगको हावाहुरीले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनमा समस्या आएको कारण हिजो असहज भएको प्राधिकरणले जनाएको छ।

'ढल्केबर आसपासको क्षेत्रमा अति उच्च वेगको हावाहुरीले ढल्केबर–मुजफ्फरपुर ४०० के.भि. डबल सर्किट लाइनको दुवै सर्किटमा एकसाथ समस्या ल्यायो,' शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

यो लाइनमार्फत नेपालमा आपूर्ति हुने विद्युत अचानक अवरुद्ध हुँदा देशभरको विद्युत प्रणालीमा ठूलो असर परेको उनले बताए।

 
विद्युतको माग अत्यधिक बढेको, तर नेपालको आफ्नै उत्पादन न्यून भएकोले समस्या जटिल बनेको उल्लेख गरिएको छ।

नेपालको प्रणालीले मात्र माग धान्न नसक्दा रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया, कुशहवा–कटैया १३२ केभी लाइनहरूबाट आपूर्ति गर्ने प्रयास गरिएको उल्लेख छ। तर, सिस्टम स्थिर नहुँदा लाइन ट्रिपिङ भएको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

संम्बाद दाता

थप समाज