नेभिगेशन
समाज

रोटरी क्लब घोपालेद्वारा पिण्डेश्वर मन्दिर सफाइ कार्यक्रम सम्पन्न

धरानः रोटरी क्लब अफ धरान घोपालेले धरान-१४ स्थित पवित्र पिण्डेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।



धार्मिक स्थलहरूको सरसफाइ र संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा भक्तजनहरूको लागि स्वच्छ र सुरक्षित वातावरण सुनिश्चित गर्ने प्रयास गरिएको थियो।

कार्यक्रमको संयोजक आरटीएन पंकज आचार्यको नेतृत्वमा आयोजित कार्यक्रममा क्लबका सदस्यहरू आरटीएन गौरव मान श्रेष्ठ, आरटीएन राजेश अग्रवाल र आरटीएन पंकज आचार्यले मन्दिर परिसरमा आवश्यक डस्टबिनहरू दान गरेका थिए।



रोटरी क्लबले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समुदायको सक्रिय सहभागिता महत्वपूर्ण हुने भन्दै यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिइने जानकारी गराएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्