नेभिगेशन
Dashain Banner
Dashain Banner
आर्थिक

नेपाल बजार बिक्री प्रतिनिधि संघ, लम्की इकाईद्वारा २५ औं स्थापना दिवसमा सामाजिक सेवा कार्यक्रम सम्पन्न

लम्की, कैलाली – नेपाल बजार बिक्री प्रतिनिधि संघ, लम्की इकाई कमिटीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा विशेष सामाजिक सेवा कार्यक्रमको आयोजना गर्दै मानव सेवा पूर्वलम्किमा आश्रित असहाय व्यक्तिहरूलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको छ।
“सम्पूर्ण कम्पनी प्रतिनिधि एक हौं, उद्योग व्यवसायीको रक्षा गरौं, रोजगारीको सिर्जना गरौं” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा लम्की इकाईका सभापति हिर्दयराज सन्ज्यालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा संघका केन्द्रीय सदस्य बसन्त बीसी प्रमुख अतिथि रहनुभएको थियो। संघसँग आबद्ध विभिन्न कम्पनीका प्रतिनिधिहरू तथा सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सभापति सन्ज्यालले देशभर संघले स्थापना दिवस मनाइरहेका बेला सामाजिक उत्तरदायित्वस्वरूप केही सकारात्मक कार्य गरियो भन्ने जनाउँदै भन्नुभयो,
“समाज सेवामा सबैको सहकार्य जरुरी छ। संघले आफ्नो भूमिका जिम्मेवार ढंगले निर्वाह गर्दै आइरहेको छ।”
त्यसैगरी, प्रमुख अतिथि बसन्त बीसीले संस्थाको उद्देश्यबारे प्रकाश पार्दै भन्नुभयो,
“हाम्रो संस्थामा ठूलो आम्दानीको स्रोत छैन। हामी मेहनत गरेर कम्पनी चलाउने प्रतिनिधिहरू हौं। हामीसँग आबद्ध साथीहरूको सानो सहयोगमार्फत यस्ता सामाजिक कार्य गर्न सकिरहेका छौं, जुन हामी सबैका लागि गौरवको कुरा हो।”
कार्यक्रममा मानव सेवा पूर्वलम्कीका सञ्चालक विनोद थापाले संघप्रति आभार व्यक्त गर्दै भन्नुभयो,
“संघबाट प्राप्त सहयोगले हामीलाई उत्साह मिलेको छ। यसले हामीलाई अझ प्रभावकारी सेवा दिन हौसला प्रदान गरेको छ।”
संघले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक