नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

दुबईमा सम्पर्कविहीन रहेका इन्द्रदेव डङ्गौरा सकुशल फेला, जोशिपुरमा राहतको सन्देश

जोशिपुर, कैलाली – जोशिपुर गाउँपालिका–३ मनिकापुर निवासी इन्द्रदेव डङ्गौरा, जो करिब ६ महिनादेखि सम्पर्कविहीन थिए, अन्ततः दुबईमा सकुशल फेला परेका छन्।
रोजगारीको सिलसिलामा काठमाडौंको धुम्बाराहीस्थित P.T Swift H.R म्यानपावर कम्पनीमार्फत दुबई पुगेका डङ्गौरा लामो समयदेखि परिवार तथा आफन्तजनसँग सम्पर्कविहीन भएपछि व्यापक खोजी कार्य सुरु गरिएको थियो।
विभिन्न माध्यमबाट गरिएको खोजी अभियान सफल बन्दै हाल उहाँ दुबईको Out Jail मा कैदी नम्बर 785548 अन्तर्गत रहेको पुष्टि भएको छ। यद्यपि, उहाँ कुन कारणले जेलमा पर्नुभएको हो भन्ने विषयमा हाल अनुसन्धान जारी छ।
यस घटनाले जोशिपुरबासीहरूलाई एक किसिमको राहत प्रदान गरेको छ। डङ्गौराको सकुशल उद्धार तथा स्वदेश फिर्तीका लागि नेपाली दूतावास, सम्बन्धित कम्पनी र वैदेशिक रोजगार विभागसँग समन्वय गरी उद्धार प्रयास तीव्र पारिएको छ।
यस क्रममा जोशिपुर गाउँपालिकाका लोकप्रिय युवा नेता लोकेश जोशीको सक्रियता उल्लेखनीय रह्यो। उहाँको निरन्तर पहल, संवेदनशीलता र मानवीय भावनाले प्रेरित भएर खोजी कार्य सफल हुन सकेकोमा स्थानियवासीहरूले आभार व्यक्त गरेका छन्।
नेता जोशीको विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारमा देखिएको योगदान न केवल जोशिपुरका लागि, तर सम्पूर्ण देशका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज