नेभिगेशन
धरान विशेष

धरान उपमहानगरपालिकाको असार मसान्तको विशेष कार्यपालिका बैठक सम्पन्न

धरान उपमहानगरपालिकाको असार मसान्तको विशेष कार्यपालिका बैठक आज सम्पन्न भएको छ।
वर्षको अन्त्यसँगै बसेको यो बैठकमा केही महत्वपूर्ण मुद्दाहरू छलफलमा नआए पनि बैठक सामान्य र सकारात्मक वातावरणमा सम्पन्न भएको हो।

हाल नगरवासीहरूबीच बहस र चिन्ताको विषय बनेको स्वास्थ्य बिमा प्रणालीको अन्योल आजको बैठकको कार्यसूचीमा समावेश थिएन।
यसबारे हिजो नै नगर प्रमुख, उपप्रमुख तथा सम्पूर्ण वडाध्यक्षहरू मिलेर संघीय सरकारलाई ज्ञापनपत्र बुझाइसकेको हुँदा, आजको बैठकमा यसमा छलफल नगरेको प्रस्ट पारिएको छ।



बैठकमा नगर बजेट अझै नआएकाले त्यसप्रति चिन्ता व्यक्त गरियो
नगरबासीहरूलाई बजेट नआएकै कारण माफी माग्नुपर्ने अवस्था आएको भन्दै बैठकमा केही सदस्यहरूले गम्भीर धारणा राखे।



यसै सन्दर्भमा, कर्मचारीहरूको तलब वृद्धि सम्बन्धमा प्रस्ताव प्रस्तुत हुँदा,
वडा नम्बर १० का अध्यक्ष विवेक राईले कडा असन्तुष्टि जनाउँदै भने —
"नगरको आर्थिक अवस्था कमजोर छ। बजेट नभएको बेलामा तलब बढाउनु यथार्थपरक हुँदैन।"

यद्यपि, अन्य सामान्य प्रस्तावहरू भने सर्बसम्मत रूपमा पारित भएका छन्।
बैठक शान्त, समन्वयात्मक र सकारात्मक ढंगमा अगाडि बढेको नगर स्रोतले जनाएको छ।



अब आउने दिनमा बजेट निर्माण, स्वास्थ्य बिमा व्यवस्थापन, र नगरको प्राथमिकताका योजनाहरूमा अझ स्पष्ट दिशा तय हुने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धरान विशेष