नेभिगेशन
दुर्घटना

धरानमा स्कुल बस दुर्घटना: ५ जनाको मृत्यु, १२ जना घाइते

धरान — धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्ट नजिकै स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
धनकुटातर्फबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको टाइम इन्टरनेसनल एकेडेमीको स्कुल बस ब्रेक फेल भई न्यू सबा मेडिकल एण्ड हेल्थ क्लिनिक भित्र ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
धरानका डीएसपी भिषण बाबु राईका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरू यस प्रकार छन्—
• रिसब कुमार मण्डल (१८ महिनाको बालक), धनुषा, जनकपुर नगरपालिका–१
• धौरिय कुमार यादव (३१), गैंडावेदपुरा–८, महोत्तरी
• नैन थापामगर (१९), मेचीनगर नगरपालिका–५, झापा
• उमेश राई (२०), बराक्षेत्र नगरपालिका–३, सुनसरी
• सुबेक्षा सुब्बा (२४), धरान–१३, फुस्रे
दुर्घटनामा घाइते भएका १२ जनाको धरान उपमहानगरपालिका–१७ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको र सबैको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण:
• यशोदा श्रेष्ठ (४३), धरान–१३ — अवस्था बोल्न सक्ने
• सतुना देवी मण्डल (४०), धनुषा, जनकपुर–१
• रोहन मण्डल (१८), धनुषा, जनकपुर–१
• रिता मण्डल (२५), धनुषा, जनकपुर–१
• पुनिता मण्डल (३०), धनुषा, जनकपुर–४
• मोहम्मद गुलाम (२५), महोत्तरी, नापा–४
• लक्ष्मी मण्डल (२२), धनुषा, जनकपुर–५
• राजा बाबु (१८), धनुषा, जनकपुर–५
• रोहित मण्डल (२४), धनुषा, जनकपुर–५
• मनिता देवी मण्डल (४०), धनुषा, जनकपुर–५
• जितेन्द्र मण्डल (३८), धनुषा, जनकपुर–४
• कृष्ण मण्डल (२०), धनुषा, जनकपुर–५
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र बस चालक तथा सम्बन्धित पक्षलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्