नेभिगेशन
समाचार

सप्तकोशी नदीमा पानी बोट दुर्घटना हुँदा तीन जनाको मृत्युु

धरान । सप्तकोशी नदीमा पानी बोट दुर्घटना हुँदा  तीन जनाको मृत्युु भएको छ । 

सप्तकोशी नदीको अरुण र दूधकोशी दोभानमा बोटको इन्जिन बन्द भई दुर्घटना भएको सशस्त्र प्रहरी बल विपद बेस चतराले जनाएको छ ।  

दुर्घटनामा गम्भीर घाइते ४ जना मध्ये ३ जनाको ज्यान गएको प्रहरीको भनाइ छ । १ जना उपचाररत रहेको बताइएको छ । १ जना दुर्घटना स्थलबाट बेपत्ता भएको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार आइतबार दिउँसो करिब १:३० बजे भोजपुर कोप्चेबाट १२ जना यात्रु बोकेर वराहक्षेत्र आउँदै गरेको बोट दुर्घटना भएको हो । विस्तृत विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार