नेभिगेशन
समाचार

सप्तकोशी पानी बोट दुर्घटनामा मृतक १ जनाको पहिचान खुल्यो, दुईको सनाखत हुन बाँकी

वराहक्षेत्र । सप्तकोशी नदीमा भएको पानी बोट दुर्घटनामा ज्यान गुमाउने एक जनाको पहिचान खुलेको छ । 

पहिचान खुल्नेमा सुनसरीको वराहक्षेत्र-१ स्थित खारखोलाकी अन्दाजी ५० वर्षीय लीला राई रहेको चतरा अस्पताल प्रशासनले जनाएको छ । 

चतरा अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको बताइएको छ । चतरा अस्पतालका अनुसार मृतक १ जना बालिका र १ पुरुषको पहिचान खुल्न सकेको छैन । 

सप्तकोशी नदीको अरुण र दूधकोशी दोभानमा इन्जिन बन्द भई पानी बोट दुर्घटना भएको  थियो । भोजपुर कोप्चेबाट टिकट काटेका १२ जना यात्रुसहित जेटबोट पाइलट १ र अन्य २ जना यात्रु बोकेर पानी बोट वराहक्षेत्रतर्फ आउँदै गरेको थियो । 

बोट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार