नेभिगेशन
समाचार

सुनसरी–१ मा ५८.२३ प्रतिशत मतदान, ८७ हजारभन्दा बढी मत खस्यो

धरान — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी–१ निर्वाचन क्षेत्र मा कुल ५८.२३ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार ५७६ मत खसेको छ।
यस निर्वाचन क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका का २० वटा वडाबाट सबैभन्दा बढी ६३ हजार ७६६ मत खसेको छ। त्यस्तै बराहक्षेत्र नगरपालिका का ५ वडाबाट १६ हजार ८५० मत खसेको छ भने रामधुनी नगरपालिका का २ वडाबाट ६ हजार ९६० मत खसेको विवरण प्राप्त भएको छ।
वडागत रूपमा हेर्दा धरान–१५ मा सबैभन्दा धेरै ८ हजार ६८६ मत खसेको छ। त्यसपछि धरान–१७ मा ६ हजार १२७, धरान–११ मा ६ हजार २००, धरान–१६ मा ५ हजार १३२, धरान–८ मा ४ हजार ८६१ र धरान–५ मा ४ हजार ७२५ मत खसेको देखिएको छ।
त्यस्तै बराहक्षेत्रतर्फ बराहक्षेत्र–५ मा ४ हजार १५४, बराहक्षेत्र–३ मा ३ हजार ८४९, बराहक्षेत्र–२ मा ३ हजार ५४२ र बराहक्षेत्र–१ मा २ हजार ७३० मत खसेको छ। रामधुनीतर्फ रामधुनी–७ मा ३ हजार ५९८ र रामधुनी–६ मा ३ हजार ३६२ मत खसेको छ।
मतदान बिहानदेखि नै शान्तिपूर्ण रूपमा सञ्चालन भएको थियो। अधिकांश मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य सहभागिता देखिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार