नेभिगेशन
समाचार

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्कराज राईको अग्रता कायम

धरान : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले अग्रता कायम राखेका छन्।


गत बिहीबार सम्पन्न मतदानपछि सुरु भएको मतगणनामा धरान उपमहानगरपालिका–६ सम्मका वडाको मतगणना सकिँदासम्म राईले ५ हजार ३ सय २५ मत प्राप्त गरेका छन्।


उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले ४ हजार १ सय ४१ मत पाएकी छन्। यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार सूर्य भट्टराईले १ हजार १ सय ८४ मत प्राप्त गरेका छन्।


त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार **सुजेन्द्र तामाङ (गोले)**ले ८ सय १० मत तथा नेकपा (एमाले)का उम्मेदवार टिकाराम लिम्बूले ७ सय ९३ मत प्राप्त गरेका छन्। सो जानकारी निर्वाचन अधिकृत दिव्यराज घिमिरेले दिएका हुन्।


जिल्ला निर्वाचन कार्यालयका अनुसार सुनसरी–१ मा रहेका १ लाख ५० हजार ३ सय ९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको छ। यस क्षेत्रमा ४१ वटा मतदानस्थल र १६१ वटा मतदान केन्द्र रहेका छन्।
यस निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार