नेभिगेशन
समाचार

सुनसरी –३ मा रास्वपाका चौधरी निर्वाचित

धरान (सुनसरी) २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोक कुमार चौधरी विजयी हुनुभएको छ । यस क्षेत्रका निर्वाचन अधिकृत पदम बहादुर कार्कीका अनुसार ४७ हजार ४ सय २१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय कुमार गच्छदारले २० हजार ५ सय १ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गर्नुभयो,श्रम संस्कृती पार्टीका राम प्रसाद सदाले १ हजार ७ सय ८० नेपाल कम्यूनिष्ट पार्टीका दुर्गेश कुमार चौधरीले १ हजार ५ सय ५१ प्राप्त गर्नुभयो । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । इटहरी उपमहानगरपालिका ,गढी गाउपालिका,इनरुवा, दुहबी ,बर्जु गाउपालिका गरी ३५ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १ सय ८५ मत खसेको थियो । समाचार सम्प्रेषण गरीदिनु

सुनसरी–३ मा रास्वपाका अशोक कुमार चौधरी निर्वाचित
धरान (सुनसरी), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक कुमार चौधरी विजयी हुनुभएको छ।


निर्वाचन अधिकृत पदम बहादुर कार्कीका अनुसार चौधरीले ४७ हजार ४ सय २१ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय कुमार गच्छदारले २० हजार ५ सय १ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी श्रम संस्कृति पार्टीका राम प्रसाद सदाले १ हजार ७ सय ८० मत तथा नेपाल कम्युनिष्ट पार्टीका दुर्गेश कुमार चौधरीले १ हजार ५ सय ५१ मत प्राप्त गर्नुभएको छ।


यस निर्वाचन क्षेत्रमा विभिन्न दल तथा स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी थिए।
इटहरी उपमहानगरपालिका, गढी गाउँपालिका, इनरुवा, दुहबी र बर्जु गाउँपालिकाका ३५ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेकामा ९५ हजार १८५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार