नेभिगेशन
समाचार

सुनसरी–१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित

धरान : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई निर्वाचित हुनुभएको छ। निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो।


उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का टीकाराम लिम्बूले ६ हजार ४६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


यस निर्वाचन क्षेत्रमा विभिन्न १९ राजनीतिक दल तथा सात स्वतन्त्र उम्मेदवार गरी जम्मा २६ जना उम्मेदवार प्रतिस्पर्धामा सहभागी भएका थिए।
धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र राधुनी नगरपालिकाका २७ वटा वडा समेटिएको यस क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार