नेभिगेशन
समाचार

धरानमा चलचित्र पत्रकार सङ्घ नेपाल, सुनसरी शाखाको अधिवेशन सम्पन्न

धरानमा चलचित्र पत्रकार सङ्घ नेपाल, सुनसरी शाखाको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट खेमराज श्रेष्ठ ('सुवास संकल्प ) अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा रविन राउत चयन भएका छन्।


त्यसैगरी सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा र कोषाध्यक्षमा सुमित कार्की निर्वाचित भएका छन्। सदस्यहरूमा रबिन काफ्ले, आरती कटवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सञ्जीव तिमल्सिना, इजन तामाङ र विशाल काफ्ले चयन भएका छन्।


अधिवेशनका अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराइएको थियो भने अध्यक्षको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो।
प्रदेश प्रतिनिधिमा एलन गहतराज, तुलसी घिमिरे, मनोज दाहाल, सूर्यका, सुमित कार्की र सुमन राई चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा विनोद विश्वकर्मा र आरती थापा चयन भएका छन्।


कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेगाले पूर्वाञ्चल क्षेत्र चलचित्र कलाकार उत्पादनका लागि उर्वर भूमि भएको उल्लेख गर्दै पछिल्लो समय यस क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको बताए।
उनले पत्रकारहरूलाई सत्यतथ्य र जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा अपूर्ण वा भ्रामक सामग्री प्रसारण हुँदा समाजमा नकारात्मक प्रभाव पर्ने भएकाले साना–साना क्लिपका आधारमा समाचार नबनाउन सुझाव दिए।


पत्रकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले समाज र व्यक्तिमा सकारात्मक प्रभाव पार्ने खालका सामग्री उत्पादन गर्न पनि आग्रह गरे।


कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य नरेन्द्र बस्नेत, नेपाल पत्रकार महासङ्घका सदस्य रोहित राई तथा चलचित्र पत्रकार महासङ्घ नेपाल, कोशी प्रदेशका अध्यक्ष सन्जु राईलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार