नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

चैत १९ बाट एसईई हुदै :

धरान। यस बर्ष ५ लाख १० हजार विद्यार्थी सहभागी हुने ,१९ सय ९१ केन्द्रमा परीक्षा सञ्चालन

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि देशभर सञ्चालन हुने भएको छ। २१ फागुनमा सम्पन्न निर्वाचनका कारण यो वर्षको परीक्षा  पछि सारिएको हो।

गत वर्ष भने एसईई चैत ७ गतेदेखि सुरु भएको थियो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष कुल ५ लाख १० हजार विद्यार्थी एसईई परीक्षामा सहभागी जनाउने छन्। यो संख्या गत वर्षको ५ लाख १४ हजार ७१ विद्यार्थीको तुलनामा करिब ४ हजारले कमी देखिएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष ६३ हजार विद्यार्थी ‘एक्जाम्टेड’ समूहमा रहेका छन् भने
परीक्षामा सहभागी हुनेमध्ये २ लाख ५७ हजार ५ सय २७ छात्रा र २ लाख ५२ हजार ४ सय ३४ छात्र रहेका छन्। परीक्षा व्यवस्थापनका लागि देशभर १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लामा प्रश्नपत्र सुरक्षित रूपमा पुर्‍याइसकेको जनाएको छ। प्रश्नपत्र र उत्तरपुस्तिका सबै जिल्ला प्रहरी कार्यालयमार्फत सुरक्षित राखिएको छ। परीक्षा सुरक्षाका लागि नेपाल प्रहरीले करिब १२ हजार ५ सय सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ।

परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेभएको छ।

दोस्रो दिन चैत २० मा अनिवार्य नेपाली  चैत २२ गते अनिवार्य गणितको परीक्षा सञ्चालन हुनेछ। चैत २३मा संस्कृति तथा वेद विद्याश्रमतर्फका विषयहरूको परीक्षा हुनेछ।

त्यसैगरी २४ देखि २९ चैतसम्म प्राविधिक धारतर्फका पुरानो तथा नयाँ पाठ्यक्रममा आधारित विषयहरूको परीक्षा सञ्चालन हुने परीक्षा तालिकामा उल्लेख गरिएको छ।

एसईई सकिएलगत्तै देशका अधिकांश जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार