नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

आवेगमा दिएको धम्कीपछि युवतीको माफी, हर्क साम्पाङ प्रकरणले सामाजिक सञ्जाल ततायो

धरान — सामाजिक सञ्जालमा एक युवतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लाई लक्षित गर्दै गाली–गलौजसहित ज्यान मार्ने र घर जलाउनेसम्मको धम्की दिएको भिडियो सार्वजनिक भएपछि यतिबेला व्यापक चर्चा चुलिएको छ।
भिडियो सार्वजनिक भएसँगै उक्त अभिव्यक्तिलाई गम्भीर रूपमा लिँदै मेयर साम्पाङले आफूविरुद्ध गाली, बेइज्जती र ज्यान मार्ने धम्की दिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा उजुरी गर्ने संकेत सामाजिक सञ्जालमार्फत दिएका थिए।
यस घटनापछि धम्की दिने युवतीको फेसबुक आईडी “सुनिता खड्का” रहेको खुलासा भएको थियो। तर, पछि उनले आफ्नो वास्तविक नाम सपना खड्का भएको स्वीकार गरेकी छन्।


सपना खड्काले आवेगमा आएर त्यस्तो अभिव्यक्ति दिएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा माफी मागेकी छन्। उनले आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोऱ्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
साथै, उनले मेयर साम्पाङलाई पनि सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदा संयम अपनाउन आग्रह गरेकी छन्।


उक्त घटनाले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता, जिम्मेवारी र सार्वजनिक व्यक्तित्वप्रतिको व्यवहारबारे नयाँ बहस सिर्जना गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार