नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ।

यसै अवसरमा सुनसरी शाखाले इटहरीमा प्रभातफेरी र्‍याली आयोजना गरी स्थापना दिवस भव्य रूपमा मनाएको छ। र्‍यालीमा शाखाका अध्यक्ष सन्तोष काफ्ले, निवर्तमान अध्यक्ष जनक ऋषि राई, अम्बर खड्का लगायत महासङ्घका उपाध्यक्ष, सचिव तथा अन्य पदाधिकारी एवं स्थानीय पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले एक–आपसमा शुभकामना आदानप्रदान गर्दै पत्रकारिताको गरिमा र जिम्मेवारीबारे स्मरण गरेका थिए।

कार्यक्रमका क्रममा नेपाल पत्रकार महासङ्घले देशभर रहेका श्रमजीवी पत्रकारहरूको हक, हित र सुरक्षाका लागि निरन्तर काम गर्दै आएको उल्लेख गरिएको छ। साथै, पत्रकारहरूले महासङ्घको नीति–नियमको पालना गर्दै सत्यतथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिइएको छ।

महासङ्घले समाचार संकलन र सम्प्रेषणका क्रममा पेशागत आचारसंहिताको पालनासँगै तथ्यपरक र विश्वसनीय सामग्री प्रकाशन गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आह्वान गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार