नेभिगेशन
समाचार

सहयोगले जगायो आशा, जीवन फेरि मुस्कुराउन सक्छ

खोटाङ सेवा समाज काठमाडौंले मुखको क्यान्सरबाट पीडित  ३४ वर्षीय दिपक खत्री (बन्जरा) लाई उपचार सहयोगस्वरूप संकलित रकम हस्तान्तरण गरेको छ।

खोटाङ जिल्ला बराहपोखरीमा जन्मिएका खत्री हाल सुनसरीको राजाबासमा बसोबास गर्दै आएका छन्। समाजका सदस्य तथा आर्थिक सहयोग समितिका नेपाल संयोजक लोकबहादुर खत्री र माधव खत्रीको नेतृत्वमा, साथै विदेशबाट खडिन्द्र खत्री र राजकुमार खत्रीको संयुक्त पहलमा सञ्चालन गरिएको सहयोग अभियानबाट हालसम्म कुल  ७ लाख २६ हजार ८ सय ३२ संकलन गरिएको थियो। उक्त रकम बिरामीकै उपस्थितिमा समाजको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा गरि हस्तान्तरण गरिएको हो।

कार्यक्रममा मध्यपुर ठिमी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बाबुकाजी डंगोल, बन्जारा तथा बन्जाडे समाज नेपालकी केन्द्रीय अध्यक्ष गीता तिमल्सिना लगायत समाजसेवी अष्टे कबे, केदार आले मगर र गोविन्द बल्लभ भट्टको उपस्थिति रहेको थियो।

उनीहरूले पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रमको सञ्चालन समाजका महासचिव राजु एन राईले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जगत प्रसाद घिमिरेले व्यक्त गरेका थिए। समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले मानवता, करुणा र सहकार्यको उदाहरण प्रस्तुत गर्न सबै एकजुट भएको उल्लेख गरे।
अध्यक्ष खड्काले भने, “स्वास्थ्य नै जीवनको आधार हो। जब स्वास्थ्य कमजोर हुन्छ, तब परिवार, भविष्य र सपनाहरू सबै प्रभावित हुन्छन्। यस्तो अवस्थामा एउटा परिवारले एक्लैले सबै भार बोक्न अत्यन्त कठिन हुन्छ। जब समाज साथ दिन्छ, तब असम्भव जस्तो लाग्ने कुरा पनि सम्भव बन्न सक्छ। सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ। हामी एकजुट भयौं भने उपचार सम्भव हुनेछ र एउटा जीवन फेरि मुस्कुराउन सक्नेछ।”
कार्यक्रममा उपस्थित सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार

चैत १९ बाट एसईई हुदै :