नेभिगेशन
समाचार

कोशी प्रदेशको 'आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संशोधनपछि आइतबार सदनमा पेश हुने

धरान । कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार  सम्बन्धि विवादास्पद विधेयक संशोधनपछि आइतबार सदनमा पेश हुने भएको छ ।

‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई पत्रकारहरूको सुझाव र सहमतिअनुसार संशोधन गर्ने प्रक्रिया सकिएपछि पुनः विषयगत समितिमा फर्काएर सदनमा पेश गर्ने तयारी गरिएको नेपाल पत्रकार महसङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले जानकारी दिए । 

संविधानको मर्मविपरीत विधेयकको दफा ७ (ज), २६, २७, ३०, ५२ र ५४ मा पत्रकारलाई २५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने र सञ्चार संस्थालाई कालोसूचीमा राख्नेसम्मका प्रावधान संशोधन गर्न सञ्चारसम्बद्ध संस्था र पत्रकार महासङ्घले सुझाव दिएको थियो । 

'संविधानको मर्मविपरीत विधेयकमा उल्लेख दफा हटाउन हामीले सुझाव दिएका छौँ' अध्यक्ष खड्काले भने, 'के भएको छ उताबाट खबर आएको छैन ।' 

सरकार र संसदीय समितिलाई पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने गरी विधेयक परिमार्जन गर्न पत्रकार महासङ्घले माग गर्दै आएको छ । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेश र सम्बद्ध पत्रकार संगठनहरूको कार्यदलले बुझाएको न्यूनतम साझा सुझावका आधारमा समितिमा छलफल भइरहेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार