नेभिगेशन
समाचार

इटहरीमा करेन्ट लागेर युवाको मृ*त्यु

इटहरी । सुनसरीको इटहरीमा बिजुलीको झड्का (करेन्ट) लागेर एक युवाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ निवासी मनोज खड्का रहेका छन् । उनी इटहरी उपमहानगरपालिका–६ स्थित एस ट्रेडर्स किराना पसलमा कार्यरत थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपीका अनुसार गएराति पसल बन्द गर्ने क्रममा सटर तान्दा खड्कालाई करेन्ट लागेको हो ।

पसलको सटर नजिक रहेको फ्रिजको तार जोडिएको स्विच क्षेत्रमा तार खुस्किएको अवस्थामा रहेकाले सटर तान्ने क्रममा करेन्ट प्रवाह भई उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका परिवारलाई घटनाबारे जानकारी गराइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार