नेभिगेशन
Dashain Banner
Dashain Banner
समाचार

सरकारको विभेदकारी विज्ञापन नीतिविरुद्ध सुनसरीका पत्रकारको सामुहिक हस्ताक्षर अभियान

धरान । सरकारको विज्ञापन नीतिविरुद्ध सुनसरीका पत्रकारले सामुहिक हस्ताक्षर गर्दै विरोध जनाएका छन् । 

नेपाल पत्रकार महासङ्घको चरणबद्ध विरोधका कार्यक्रमअनुसार सुनसरी महासङ्घले समेत शनिबार धरानस्थित कार्यालयमा सामुहिक हस्ताक्षर गरेर सरकारको विभेदकारी विज्ञापन निर्णयविरुद्ध विरोध गरेको हो ।

श्रमजीवी पत्रकारको श्रमको पक्षमा सकारात्मक पहल नलिएको सरकारले खर्च कटौतीका बहानामा सबै तहको सरकारी सूचना (विज्ञापन) राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने विभेदकारी निर्णय गरेकाले नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेको अध्यक्ष सन्तोष काफ्लेले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार