नेभिगेशन
समाचार

धरानमा एआई सम्बन्धी आधारभूत प्रशिक्षण सम्पन्न

 

धरान । अनलाइन मिडिया एसोसिएसनको आयोजनामा एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी एक दिने आधारभूत प्रशिक्षण आइतबार धरान उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । 

कार्यक्रममा सुनसरी जिल्लाभरिका करिब २६ जना पत्रकारहरूको सहभागिता रहेको थियो एसोसियसनका अध्यक्ष स्वर्णिमहाङ लिम्बूले बताए । 

प्रशिक्षण कार्यक्रममा पछिल्लो समय एआईको बढ्दो प्रयोगसँगै समाचार सम्प्रेषणमा देखिन सक्ने त्रुटि, गलत सूचना तथा सत्य–तथ्यमा असर पर्न सक्ने विषयमा छलफल गरिएको प्रशिक्षक लीलाराज भट्टराईले बताए ।

तालिम धरान उपमहानगरपालिकाको सहयोगमा भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार